Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

लगानी खबर, काठमाडाैँ - यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । जसमा एक लघुवित्त र एक इन्स्योरेन्स रहेका छन् । नेप्सेका अनुसार दुवै कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । यस साता २ कम्पनीको ४ लाख ६ सय २९ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड

यस साता नेपाल एग्रो लघुवित्तकाे १४ प्रतिशत बाेनस बापतकाे ८० हजार एक सय ४२ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको छ । 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

उक्त लाभांश असार २१ गते, साेमबार सिटिस्क्वेयर, न्यूराेड, पाेखरा, कास्कीमा सम्पन्न भएकाे संस्थाकाे पाँचाै वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाइसकेको छ । दुवै संस्थाबीच माघ २६ गते, आइतबार मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

आइतबार हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ३ प्रतिशत बोनस सेयर वापतको ३ लाख २० हजार ४ सय ८७ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त लाभांश कम्पनीको असर २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।