Like us!
Follow us!

फेरि बढे कोरोना संक्रमित

फेरि बढे कोरोना संक्रमित

लगानी खबर, काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।  लामो समयपछि संक्रमितको संख्या ३ हजारभन्दा बढी फेला परेका हुन् ।

आज (मंगलबार) थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार १ सय ३५ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार २ सय २ र एन्टिजेन विधिबाट ९ सय ६ जनामा गरि कूल ३ हजार १ सय ८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा २५ जना संक्रमितको मृत्यू भएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।