Like us!
Follow us!

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडौं - लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (श्रावण ५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले असार २८ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।  जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो । 

बैंकले १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ जारी गरेको हो । उक्त ऋणपत्रको व्याजदर वार्षिक ८.५% हुनेछ ।  उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

बैंककाे ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।