Like us!
Follow us!

१८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

१८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा  १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कूल ९ हजार ६ सय २८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २ सय २३ जना र एन्टिजेन विधिबाट ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सो अवधिमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ९ हजार ५५० जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।