Like us!
Follow us!

प्रोबायोटेक इन्डष्ट्रिज पब्लिक कम्पनीमा रुपान्तरण, १८ महिनाभित्र आईपीओ निष्कासन गर्ने

प्रोबायोटेक इन्डष्ट्रिज पब्लिक कम्पनीमा रुपान्तरण, १८ महिनाभित्र आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं - निम्बस होल्डिङ अन्तर्गत रहेको प्रोबायोटेक इन्डष्ट्रिज पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । प्राइभेटबाट पब्लिकमा रुपान्तरण भएसँगै यस कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगारियाका अनुसार सबै प्रक्रिया सहजरूपमा अगाडि बढेमा १८ महिनाभित्र सर्वसाधारण साधारण सेयर (आईपीओ) जारी गरिनेछ ।

उक्त कम्पनीले खाद्यान्न र दाना उद्योग संचालन गर्दै आइरहेको छ। ब्यन्जन र सुनौलो किरण ब्राण्डमा खानेतेल, मैदा, सुजी, चामल मुसुरोको दाल, अचार लगायतका उत्पादन बिक्री गर्दै आइरहेको कम्पनीले शक्ति ब्राण्डमा दाना बिक्री गरिरहेको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।