Like us!
Follow us!

लामो दुरीका सार्वजनिक यातायातमा भाडा बृद्धि

लामो दुरीका सार्वजनिक यातायातमा भाडा बृद्धि

जाँदाजाँदै ओलि सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलको प्रतिवेदनअनुसार गत असार २७ गते निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको हो ।

बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय भएको हो। सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।