Like us!
Follow us!

रियलमी ७ र सी १२ को मूल्य घट्यो, अब कति ?

रियलमी ७ र सी १२ को मूल्य घट्यो, अब कति ?

लगानी खबर, काठमाडौं  – रियलमी ७ र सी १२ को मूल्य घटेको छ । संसारमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले आजदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो । चुनौतीदेखि उन्नतिसम्म नारासहितको ब्राण्डको विश्वास र उन्नत प्रविधिको लोकप्रियताका साथ रियलमी ७ ले अगाडि बढिरहेको रियलमीले अग्रगामी प्रदर्शनी, क्षमतावान क्यामेरा र अल्ट्रास्मूथ डिस्प्लेका साथ अलराउन्डर बनाउँछ । यसैगरी, अर्कोतर्फ रियलमी सी १२ मोबाइल फोन प्रयोगकर्ताका लागि उत्तम विकल्प हो, जसको अन्वेशन बिना कुनै ब्याट्री झन्झट युवा प्रयोगकर्ताले मनोरञ्जन गर्न सक्ने गरी निर्माण भएको छ । 

रियलमी सी १२ –६००० एमएएच मेगा ब्याट्री 

रियलमी सी १२ ले मेगा ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ, जसले मोबाइलको प्रयोगलाई महत्वपूर्ण ढंगले अघि बढाउन मद्दत गर्दछ । टिकाउ ब्याट्रीले मोबाइल फोनप्रति युवालाई आकर्षित गर्छ र प्रयोगलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । रियलमी सी १२ यही आधारमा निर्माण भएकाले एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहन्छ । यसका अतिरिक्त रियलमीले सफ्टवेयरलाई अनुकूलित गर्नमा ध्यान दिएको छ जस कारण ब्याट्री अझै बढी टिक्न सहयोग गर्छ । 

रियलमी सी १२ मिनी ड्रप डिजाईन समाहित अल्ट्रा लार्ज ६.५ इन्च एलसीडी स्क्रिनमा छ जसले गर्दा फोटो तथा भिडियोको  बेग्लै अनुभूति प्रदान गर्दछ । यसको स्क्रिनदेखि वडिको अनुपात ८८.७ प्रतिशत छ । स्मार्टफोनका लागि प्रदर्शन र अनुभूति दुबै हिसाबले महत्वपूर्ण भूमिका खेल्छ । रियलमी १२ तीव्र प्रदर्शनीको हुनुका साथै यसको ट्रेन्डसेटिङ रियलमी यूआईसँग सुसज्जित छ, जुन विशेषगरी युवाहरुलाई मध्यनजर गरी निर्माण गरिएकोमा युवाले देख्ने स्मार्टफोनको छनोट र आदत अनुरुप छ । हेलियो जी३५ एट कोर प्रोसेसरले सुसज्जित यसको मूल फ्रिक्वेृन्सी २.३ गेजाहर्ज रहेको छ जसले सँधैँ एकै सारमा काम गर्छ । 

पछाडि तीन क्यामेरा भएकाले जुनै पनि बखतमा फोटो खिच्न सकिन्छ । यसमा उत्कृष्ट क्यामेरा र प्रदर्शन सुविधाका साथ अद्धितिय डिजाइन रहेको छ । 

रियलमी ७ – शार्प क्याप्चर, तीव्र चार्जिङ

फोटोग्राफी आजका दिनमा सबैका लागि उत्तिकै महत्वपूर्ण र प्रमुख आकर्षण रहेको छ र रियलमी ७ उत्कृष्ट सोनी ६४ एमपी वाईद् एंगलको क्वाड क्यामेरा सहित उपलब्ध छ । उच्च सेन्सर साइजद्धारा नेतृत्व गरिरहेको उद्योगले रियलमी ७ मुख्य  लेन्स ६५ एमपीको उच्च रिजोलुशनका साथ ल्याएको छ जसमा सुक्ष्म र गहिरो सेन्सर उपलब्ध रहेको छ । 

ठूलो ब्याट्री क्षमताले गर्दा ब्याट्री चार्ज सक्किने तनावकोसमस्या समाधान गर्न सक्दछन् र ५००० एमएएच ब्याट्री रहेको रियलमी ७ ले उत्कृष्ट ब्याट्री अनुभूति प्रदान गरेको छ । यसको अझ राम्रो विशेषता के हो भने ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशत चार्जिङ गर्न सक्छ । यो ब्याट्री र चार्जिङ क्षमता  हेलियो जी ९५ गेमिङ प्रोसेसरद्धारा सञ्चालित रहेकोमा जसको अक्टा कोर एसओसी बेन्चमार्क एनटुटुमा ३० हजार रहेको छ । 

मूल्य घटेपछि अब रियलमी ७ को मूल्य रू. ३२,९९० मात्र निर्धारण गरिएको छ जसमा ८ जीबी आरएएम र १२८ जीबी स्टोरेज छ । यसैगरी रियलमी सी १२ अब केबल रू. १४,९९० मात्र मा पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा उपलब्ध छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।