Like us!
Follow us!

एनसेलले ल्यायो ‘ननस्टप’ अफरहरू, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

एनसेलले ल्यायो ‘ननस्टप’ अफरहरू, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

लगानीखबर, काठमाडौं । एनसेलले आफ्ना फोरजी ग्राहकका लागि विभिन्न अफरहरू ल्याएको छ । कम्पनीले ननस्टप योजना अन्तर्गत ग्राहकले युट्यूब, टिकटक र फेसबुकको ननस्टप प्याकेजमा बोनस डेटाको फाइदा समेन लिन सक्ने छन् ।

हाल सञ्चालनमा रहेको ननस्टप युट्यूबप्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरू ल्याएको बताइएको छ । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरू बिहीवारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार आफूलाई मन पर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप प्रयोग गर्न सकिने छ । ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक १०० रुपैयाँमा सुचारु गरेपछि अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनसस्वरूप प्राप्त गर्ने छन् ।

यस्तै युट्यूब हेर्न चाहने ग्राहकका लागि ननस्टप युट्यूब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार करसहित २५ रुपैंयाँमा १ दिनका लागि यो प्याक सुचारु गर्न सक्ने छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनका लागि युट्यूब वा फेसबुकको कम्बो प्याक करसहित १९१ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्यूब प्याक करसहित ४५९ रुपैयाँमा खरीद गर्न सक्ने छन् । कम्पनीका अनुसार बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि पनि प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीका दरले ७ दिनसम्म करसहित २५ रुपैयाँमा ३ हजार ५०० एमबी थप डेटो लिन सक्ने छन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्यूब चलाउनका लागि प्रयोग गर्न सक्ने छन् । यी अफर सुचारु गर्न *१७१२३# डायल गर्नुपर्नेछ, त्यसपछि त्यहाँ दिएको निर्देशन अनुसार सेवा सुचारु गर्न सकिनेछ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।