Like us!
Follow us!

थप २२९७ कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमणमुक्त

थप २२९७ कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९ सय ४ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय ९७ जना संक्रमित थपिएका हुन् । ।

यही अवधिमा थप ४६ जनाको मृत्यु भएको छ । आइतबार देशभर  २ हजार ४ सय ४२ जना संक्रमित थपिएका थिए, भने ३ हजार ४ सय ५६ जना निको भएका थिए । यस्तै, आइतबार कोरोना संक्रमणका कारण ५१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।