Like us!
Follow us!

आइतबार थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

आइतबार थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय ४२ जना संक्रमित थपिएका हुन् । ।

यही अवधिमा थप ५१ जनाको मृत्यु भएको छ । शनिबार देशभर २ हजार ४ सय १ जना संक्रमित थपिएका थिए, भने ३ हजार ६ सय ६० जना निको भएका थिए । यस्तै, शनिबार कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।