Like us!
Follow us!

सेयर बजारमा भारी गिरावट, हाइड्रोपावर र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए

सेयर बजारमा भारी गिरावट, हाइड्रोपावर र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक भारी अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ६३.२८ अंकले घटेर २९०५.१४ बिन्दुमा पुगेको छ । आज नेप्से २.१३ प्रतिशतले घटेको हो ।  यता, सेन्सेटिभ परिसूचक पनि १२.६१ अंकले घटेर ५२८.५१ बिन्दुमा पुगेको छ  ।

कूल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।  

आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको हो ।

आइतबार नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । त्यसैगरी,  नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकोशी, ज्योति विकास बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेडले पनि सर्वाधिक कारोबार गरेका छन् ।

कुमारी बैंक लिमिटेड संस्थापक सेयर, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर, रूरू जलविद्युत परियोजना, १०.२५%एनआईसी एशिया बैंक डिबेन्चर २०८३/८४, तारागाउँ रिजेन्सी, १०.२५% कुमारी बैंक डिबेन्चर २०८६, १०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५, लगायतका कम्पनीहरूले नाफा कमाउँदा युनियन हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, श्री इन्भेष्मेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गुडविल फाइनान्स, समृद्धि फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।