Like us!
Follow us!

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि रायसुझाव मागेको छ। 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव माग गरेको हो। 

बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको बताउँदै बैंकले आर्थिक वर्ष २०७८/७९ काे माैद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरू बैंककाे आर्थिक अनुसन्धान विभागकाे इमेल [email protected] मा उपलब्ध गराउन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् : 
 

60cc802175da3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।