Like us!
Follow us!

बिहिबार देशभर २६०७ जनामा कोरोना संक्रमण पुष्टि, २१४१ जना संक्रमणमुक्त

बिहिबार देशभर २६०७ जनामा कोरोना संक्रमण पुष्टि, २१४१ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार १ सय ४१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७ सय ११ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ६८ र ४ हजार ७ सय ७३ जनाको एन्टिजेन परीक्षणमा ८ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३९ जनाको मृत्यु भएको छ । मंगलबार देशभर २ हजार ८ सय २८ जना संक्रमित थपिएका थिए, भने ३ हजार ८२ जना निको भएका थिए । यस्तै, मंगलबार कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।