Like us!
Follow us!

समृद्धि फाइनान्सको झन्डै १४ कित्ता लिलामीमा, कहाँ-कहाँबाट दिने आवेदन ?

समृद्धि फाइनान्सको झन्डै १४ कित्ता लिलामीमा, कहाँ-कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १३ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक समूहको सेयर सेयर आज (असार ३ गते, बिहिबार) बाट लिलामीमा बिक्री खुल्ला गरेको छ ।

संस्थाले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलकबोल गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्ने हुन्छ ।  लगानीकर्ताले उक्त सेयरमा असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्  । 
 
उक्त सेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । उक्त सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले काठमाडौंको नक्सालस्थित बीओके क्यापिटलको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी,  बैंक अफ काठमाण्डूका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा, हेटौँडास्थित समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, शाखाहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणगढ तथा कञ्चनपुरको महेन्द्रनगरस्थित ज्योति विकास बैंकको शाखामा बोलपत्र पेस गर्न सक्नेछन्। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।