Like us!
Follow us!

सेबोनद्वारा चलखेल गरी मूल्यवृद्धि गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक, कुन- कुन परे ?

सेबोनद्वारा चलखेल गरी मूल्यवृद्धि गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक, कुन- कुन परे ?

लगानी खबर, काठमाडौं - नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ५१ वटा कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको जानकारी दिएकाे छ । 

बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका ५१ कम्पनीहरुको मंगलबार विवरण सार्वजनिक गरेको हो । यस्ता कम्पनीमा लघुवित्त, जलविद्युत्, वित्त कम्पनी र बीमा कम्पनीहरु रहेका छन् ।

बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयरमूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएकाे छ । 

विगतकाे एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूकाे मूल्यवृद्धि ३०० प्रतिशत र साेभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात (PE Ratio) १०० र साे भन्दा बढी भएका, प्रतिसेयर आम्दानी ॠणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीकाे वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जाेखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनाेट गरी बाेर्डबाट प्रारम्भिक अध्ययन गरिएकाे बाेर्डले जनाएकाे छ ।

हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको धितोपत्र बोर्डले जनाएको छ। 

बाेर्डले लगानीकर्तालाई आफ्नाे जाेखिम बहन क्षमतालाई दृष्टिगत गरी वित्तीय परिसूचक मूल्यांकन गरी सुझबुझ पूवक लगानी गर्न अनुराेध गरेकाे छ ।

बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

60c8905915aa2.JPG 60c8906159879.JPG 60c8906a03e6a.JPG 60c89078a9a8f.JPG 60c89082e3ba2.JPG 60c8908bd95ac.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।