Like us!
Follow us!

एनआईसी एशिया सेलेक्ट–३० फण्ड असार १० गतेबाट बजारमा आउँदै

एनआईसी एशिया सेलेक्ट–३० फण्ड असार १० गतेबाट बजारमा आउँदै

लगानी खबर, काठमाडौं - एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड)’ असार १० गते निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ। 

योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो फण्डले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु निष्काशन गर्न लागेको हो। जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ । यो सात वर्षे बन्दमुखी योजना हो। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। उक्त इकाईहरुको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ । 

इकाई सम्बन्धि थप जानकारीको लागि तलको विवरण हेर्नुहोस् :- 
 

60c81ac5b3b60.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।