Like us!
Follow us!

एचआईडीसीएलको हकप्रदमा मूल्य समायोजन, मूल्य कति ?

एचआईडीसीएलको हकप्रदमा मूल्य समायोजन, मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे हकप्रदमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे १०० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ४३ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार  अनुमति पाएकाे थियाे । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।