Like us!
Follow us!

'मेरो शेयर' मोबाइल एप भदौ महिनाभित्रै सार्वजनिक हुने, के-के छन् सुविधा ?

'मेरो शेयर' मोबाइल एप भदौ महिनाभित्रै सार्वजनिक हुने, के-के छन् सुविधा ?

लगानीखबर, काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले "मेरो शेयर" मोबाइल एप भदौ महिनाभित्र सार्वजनिक गर्ने भएको छ । 

लामो समयदेखि परिक्षण भईरहेको यो एप भदौ महिना भित्र सार्वजनिक गर्ने तयारी भएको सिडीएसले जनाएको छ ।

परिक्षण सफल भएकोले अब लगानीकर्ताको प्रयोगको लागि एप सार्वजनिक गर्न लागेको प्रबक्ता सुरेश न्यौपानेले बताए । उनका अनुसार पहिलो चरणमा एनड्रोईड प्रयोगकर्ताको लागि यो एप ल्याइने र त्यसको केहि समयपछि मात्र आईओएस प्रयोगकर्ताको लागि एप ल्याउने तयारी छ । 

उएपमा अहिले मेरोशेयरमा रहेका सबै सुविधा हुने छ । एपबाट लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतक सुविधा छन् । 

हाल एकै पटक धेरै ट्राफिक बढ्दा मेरोशेयर नखुल्ने, ढिलो चल्ने, लगायतका समस्या देखिएकोमा एपमा भने ति समस्या धेरै हदसम्म कम हुने सिडीएसले जनाएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।