Like us!
Follow us!

एचआईडीसीएलको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मौका आज

एचआईडीसीएलको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)को हकप्रद सेयर सुरक्षित गर्ने आज (जेठ २७ गते बिहिबार) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि भोलि (जेठ २८ गते) बुकक्लोज गर्दैछ ।

त्यसैले, बिहीवारसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ ।

कम्पनीले हकप्रद निष्काशन गर्न चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल दाेश्राे बजारमा यस कम्पनीकाे सेयरमूल्य ५ सय ४१ रूपैयाँ रहेकाे छ । यस कम्पनीकाे चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेकोमा शतप्रतिशत हकप्रद सेयर निष्काशन बाँडफाँट पश्चात कम्पनीको पूँजी २७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।   कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा  र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ६३ करोड ८९ लाख ९० रुपैयाँ हजार नाफा कमाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।