Like us!
Follow us!

नेपालमा आयोजित क्वान्टम ह्याकमा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकको उपस्थिति

नेपालमा आयोजित क्वान्टम ह्याकमा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकको उपस्थिति

लगानीखबर, काठमाण्डौ, नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचनाप्रविधिका बिद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम आयोजना गरियो ।

वेभविनार मार्फत  इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै बिभागको सहभागिता रहेको सो कार्यक्रम भारतको डेभ्फोलियोको सहयोगमापुल्चोक क्याम्पसको नेक्ष्टजेन संस्थाले आयोजना गरेको थियो ।
प्रकोप ब्यवस्थापन,सबैका लागि आधुनिक िबत्तीय ब्यबस्थापन ,शिक्षा,स्वास्थ तथा शहरी जनसंख्या ब्यवस्थापन,वातावरण लगायत स्वतन्त्रबिचार    शीर्षक जस्ताबिभिन्न छ बटा बिधामा प्रबिधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढि समुहका २५० जनाले बिबिभन्न प्रतियोगितात्मक  परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए । 

करिव दुईहजार पाँच सय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा बिश्व प्रशिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले बिशेष अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो भने आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर  जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड ब्यवस्थापक डेनभर डि सुजाले मुख्य बक्ताको रुपमा सम्बोधन गर्नु भएको थियो । 

सो कार्यक्रममा नासा,अमेजन वेभ सर्भिस आदिका बरिष्ट प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गर्नु भएको थियो भने बिभिन्न बिधाका बिशेषज्ञ तथा माइक्रोसफ्ट एबं बिभिन्न प्रतिष्ठित संस्थाका बिज्ञहरुले प्रस्ताबित परियोजनाको मूल्याङ्कन गर्नु भएको थियो । परियोजना प्रतियोगितामा बिभिन्न छ बटा टिम पुरस्कृत भएका थिए । 

ल्गातार ३६ घण्टासम्म  चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी , कार्यशालाका लगायत  स्वदशी तथा बिदेशी सेलिब्रेटीहरुले गायन ,नृत्य एबं अन्य कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।   


 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।