Like us!
Follow us!

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

लकडाउनमा बालबालिकामा पर्ने नकारात्मक असर बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

लगानीखबर, काठमाडौं - देश बिगत पाँच महिनादेखि लकडाउन र निशेधाज्ञाले बन्धक बनि रहेको बेला आम मानिसमा यसले नराम्रो प्रभाव पारेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् । दैनिक ज्यालादारी गरेर खाने मात्र होईन मध्यम वर्गीय नागरिकहरु पनि यतिबेला निम्न वर्गमा झर्न थालिसकेका छन् । यो बेलामा सरकारले मास्क र सेनिटाईजर अनिवार्य भनि रहेको छ तर नागरिकलाई भोको पेट भर्नुछ । मास्क र सेनिटाईजर होईन नागरिकलाई काम र माम चाहिएको छ । आम नागरिकको वर्तमान अवस्था यस्तो छ, यो अवस्थाले बालबालिकाको भविष्यलाई कस्तो पर्वाह पार्ला ? अझ बेवारिसे बालबालिका भए के गर्लान ?

माथी उल्लेख गरिएको प्रसंग हो भर्खरै सन्तोष राईले निर्माण गरेको लघु चलचित्र प्रेमले सिकाएको बाटोको । १८ मिनेट ५४ सेकेण्डको यस साईलेन्स स्टोरीले बर्तमान अवस्था मात्र होईन कोरोना संक्रमण पछि आउँने अवस्थालाई पनि छर्लङ चित्रण गर्न सफल भएको छ । यो लघु चलचित्र अन्मिसम्म हेर्ने जो कोहीको आँखा रसाउँछ ।

ओमेगा नेपालको प्रस्तुति रहेको यस लघु चलचित्र प्रेमले सिकाएको बाटोमा लेखक तथा निर्देशक सन्तोष ओमेगा राईको साथमा बालकलाकार पूजा सुब्बाको दमदार अभिनय देख्न सकिन्छ । मोहन खालिङ र हरि बस्नेतको छायाँकन, कुन्दन राईको ब्याकराउण्ड स्कोर तथा रीकेश बज्राचार्यको सम्पादन रहेको भिडियोमा गणेश रिजाल, केशव फुयाल, मानसिंह राई, दिपेन्द्र राई, रक्षक राई, जुना राई, खुसी राई, मिनु खत्री र आयुशा खत्रीको समेत अभिनय रहेको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

https://youtu.be/1QPojoQtflA

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।