Like us!
Follow us!

चीनबाट काठमाडौं आइपुग्यो ८ लाख डोज खोप

चीनबाट  काठमाडौं आइपुग्यो ८ लाख डोज खोप

लगानी खबर, काठमाडौं - चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आज (मंगलबार) नेपाल आइपुगेको छ । चीनले अनुदान घोषणा गरेको १० लाख डोजमध्ये ८ लाख डोज खोप आज नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।