Like us!
Follow us!

सानिमा इक्वीटी फण्डको न्याभ घट्यो, सेयर लगानी कति ?

सानिमा इक्वीटी फण्डको न्याभ घट्यो, सेयर लगानी कति ?

लगानी खबर, काठमाडौं - सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्वीटी फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ  ।  वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) सँगै सेयर लगानी रकममा गिरावट आएको छ ।

वैशाख मसान्तमा फण्डको न्याभ ३८ पैसाले घटेर १९ रुपैयाँ ७६ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ २० रुपैयाँ १४ पैसा रहेको थियो । 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा १ अर्ब ८९ करोड ९९ लाख ८५ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड १ अर्ब ८७ करोड ३६ लाख ८२ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी २ करोड ६३ लाख ३ हजारले घटेको छ । यस अवधिमा फन्डले ८४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

सो अवधिमा फण्डको मुद्दति निक्षेप २ करोड रुपैयाँले बढेर २२ करोड रुपैयाँ पुगेको छ ।  बैंक मौज्दात भने घटेर ३२ करोड ४४ लाख ९३ हजार रुपैयाँमा झरेको छ । चैत महिना भने बैंक मौज्दातमा ३८ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको थियो । 

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
 

60b0743e89327.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।