Like us!
Follow us!

सत्ता र भ्रष्टाचारमा हैन जनताको स्वास्थ्यमा ध्यान दिनुस् : निगम हुमाँगाई

सत्ता र भ्रष्टाचारमा हैन जनताको स्वास्थ्यमा ध्यान दिनुस् : निगम हुमाँगाई

- निगम हुमाँगाई,

अध्यक्ष, नागरिक समूह

कोभिड -१९ महामारीको दोस्रो लहरसँगै नेपाल यतिबेला आक्रान्त अवस्थामा छ । अस्पताल,अक्सिजन,बेड,आई.सि.यु,भेन्टिलेटरहरूको अभावले धेरै मानिसहरूको ज्यान गईरहेको छ भने कहिलेसम्म यो क्रम रहने हो र अझै कतिले अकालमा ज्यान गुमाउनुपर्ने हो कुनै टुंगो छैन ! अधिकांश अस्पतालहरूले अक्सिजन समेत नभएको र थप बिरामी भर्ना गर्न,उपचार गर्न सक्दैनौँ भनी जानकारी गराएका छन् ।

संक्रमणले छोएकाहरू एकदमै अतालिएको अवस्थामा छन् भने हामी अहिले सम्म संक्रमणले नछोएकाहरू कुन बेला छुने हो ? र त्यसपछि के हुने हो भनि चिन्तित छौं । ईतिहासको कालखण्डमै नेपाल आज अत्यन्तै कठिन र दु:खद् अवस्थाबाट गुज्रिरहेको छ । एक हिसावले वातावरण कोलाहालमय र आतंकित अवस्था छ । देश यस्तो अवस्थामा रहदा एकढिक्का भएर समस्या समाधान गर्न र जनताको घाउमा मल्हम लगाउन अहोरात्र खटिनुपर्ने उमेरले औसत नेपालीको बाँच्ने उमेर पार गरिसकेका (करिब करिब अधिकांश) हाम्रा राजनैतिक नेतृत्वहरू सत्ताको लुछाचुडिमा र भ्रष्टाचारमा नै केन्द्रित हुनुले विश्वसामु हामीलाई लज्जित बनाएको छ,आक्रोसित बनाएको छ । यस कठिन घडिमा कोभिड १९ को कारण ज्यान गुमाउनु भएका संपूर्णलाई भावपूर्ण श्रद्वान्जली व्यक्त गर्दछु । कोभिड १९ बाट संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै धैर्यतापूर्वक कोभिड १९ संग लड्न र परास्त गर्न संपूर्ण नेपालीहरूमा म विनम्र अनुरोध गर्दछु ।

१) सर्वप्रथम आफ्नो जिउ ज्यानको पर्बाह नगरी सच्चा परमात्माको प्रतिनिधिको स्वरूपमा जनताको सेवामा खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू (डाक्टर,नर्स,एच.ए.,सि.एम.ए,फर्मासिस्ट लगायत स्वास्थ्यसँग सम्बन्धित सबै),सुरक्षाकर्मीहरू (नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,ट्राफिक प्रहरी लगायत),शव व्यवस्थापन र दाहसंस्कारमा खटिनुहुने सैनिक लगायत सम्पूर्ण फ्रन्टलाईनरहरू मा हृदयको अन्तस्करणदेखि नै अभिन्नदन र सलाम गर्दछु ।

२) एन.सि.सि.क्याडेटहरू,स्काउट,रेडक्रस ,एम्बुलेन्सका चालकहरू,अस्पतालको सेकुरेटी गार्डदेखि सफाई कर्मचारीहरू ,सामाजिक संघ संस्थाहरू,अक्सिजन को व्यवस्था गर्ने/खाना खुवाउने/अस्पताल पुर्याउने लगायतका कार्यमा अहोरात्र खटिनु भएका सामाजिक अगुवा अभियान्ताहरू र सहयोग गर्नुहुने दाताहरू सम्पूर्णमा हार्दिक धन्यवाद र नमन गर्दछु ।

३) बाँचियो भने जे जे गर्नुछ गरौँला सबैभन्दा पहिला सुरक्षित रहन सबैजना घरमै बसौं । अत्यावश्यक काम बाहेक कोही बाहिर ननिस्कौं,निस्कनै परे अनिवार्य रूपमा भौतिक दुरि,माक्स,सेनिटाईजर प्रयोग गरौं ।

४) मिठो मसिनो पछि खाउॅंला अहिलेलाई बाचिने गरौं,दिन दिनै सपिंगमा ननिस्कौं !अलिक समयलाई पुग्ने दाल,चामल,गेडागुडि तरकारी खाजाहरूको जोहो गरौँ ,कसैलाई केहि समस्या भएमा छर छिमेक साथीहरूले सहयोग गरौँ ।

५) नेपाल र भारतमा दोस्रो लहरले धेरै कठिन भएतापनि चिन,खाडीमुलुकहरू,युरोपियन/अमेरिकन मुलुकहरूमा स्थिति नियन्त्रित नै देखिन्छ त्यसैले तत्काल कुटनैतिक माध्यमहरूद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग अपिल गरि चार्टर्ड फ्लाईटहरू पठाएर अक्सिजन,खोप,भेन्टिलेटर/आई.सि.यु मा चाहिने उपकरणहरू लगायतका स्वास्थ्य सामग्रि व्यवस्था गर्न अनुरोध गर्दछु ।

६) बिरामिहरूको अवस्थालाई हेरी भेन्टिलेटर,आई.सि.यु र बेडहरूमा व्यवस्थापन गर्न साथै ठूला/साना होटलहरू,पार्टी प्यालेसहरू, विद्यालय भवनहरू,सामुदायिक भवनहरूलाई सुरक्षित आईसुलेसन कक्षको रूपमा तत्काल विकास गर्न अनुरोध गर्दछु ।

७) खालीबसेका सरकारी गाडीहरू,सार्बजनिक यातायातहरू,स्कूल बसहरू आवश्यकता अनुसार निजि सवारीहरू समेतलाई एम्बुलेन्सको रूपमा प्रयोग गरौं ।

८) स्वास्थ्यकर्मीहरू,सुरक्षाकर्मीहरू,एम्बुलेन्स चालक लगायत फ्रन्टलाईनमा खटिनेहरूलाई संक्रमित हुदा र कठिनाई हुदा तत्काल उपचारको व्यवस्था हुन्छ भन्ने ग्यारेन्टि गर्न ,हाललाई उनीहरूको सुरक्षित र व्यवस्थित बसोबास/खानपिनको व्यवस्था गर्न अनुरोध गर्दछु ।

९) बिहान बेलुका मजदुरि गरेर जीविकोपार्जन गर्ने श्रमिक,मजदुर र गरिबिको रेखामुनि रहेका खानबस्न समस्या हुनेहरूका लागी तत्कालै खाना/आवासको व्यवस्था मिलाउन अनुरोध गर्दछु ।

१०) यस्तो महामारीको बेलामा नाफा/घाटा केलाएर यदि कसैले कालोबजारी गर्छ भने तत्कालै कडा कारबाही गरौँ । मेडिकल माफियाहरू,अक्सिजन लगायतका स्वास्थ्य सामाग्रिहरूमा ,अस्पतालहरूमा,खाद्यान्नहरूमा वा कुनैपनि कुरामा कालो बजारी गर्ने वा गर्न खोज्नेहरू ,भ्रष्टाचार गर्नेहरू अपराधि हुन् ,देशद्रोहि हुन्,मानवता विरोधी हुन् तिनलाई हदैसम्मको कारबाही होस् ।

११) महामारीमा समेत खोपहरूमा,स्वास्थ्य सामग्रिहरूमा भ्रष्टाचार गर्ने नेतागण,प्रशासक र व्यापारीहरू मानवता विरोधी अपराध गर्ने अपराधी हुन्,यिनको सम्पत्ति सर्वस्वहरण गरेर आजिवन काराबास हाल्नुपर्छ । यी क्षमा गर्न लायक छैनन्,यसको हिसाब किताब हुन्छ,गर्नुपर्छ । अरूले सकेनन् भने पनि जनताले कुनै दिन गर्ने नै छन् ।

१२) ठुला ठुला भ्यू टावरहरू,बाटा/चौताराहरू पछि बनाउला अहिले राज्यको संसद विकासकोष लगायतका अन्य विकास बजेटहरू लाई जनस्वास्थ्यमा प्रयोग गरौं । जनता भए देश रहन्छ देश रहे राजनितिपनि गर्न पाईन्छ त्यसैले अहिले भईरहेको कुर्सिजन्य र भ्रष्टाचारजन्य क्रियाकलापको खेद प्रकट गर्दछु । भ्रष्टाचारीलाई किरा परोस् ।

अन्त्यमा, जनताहरू घरमा,अस्पतालमा,अस्पतालका भूईहरूमा प्याक प्याक भएर छटपटाईरहेका छन् महामारीमा अभिभावक बन्नुपर्नेहरू सत्ताका लागी मरिमेटेर लागिरहेका छन् ! कोहि सत्ता पाउन कोहि सत्ता नगुमाउन् । यी अपराधीहरू कदापि क्षमा योग्य छैनन् । ईश्वरले र जनताले पक्कै यसको हिसाब राख्नेछन् ।

सबैजना सुरक्षित बनौँ,संयम भएर बसौँ ! आफूपनि बचौँ अरूलाई पनि बचाउने प्रयास गरौँ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।