Like us!
Follow us!

मंगलबार पनि बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

मंगलबार पनि बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

लगानी खबर, काठमाडौं - नेपाली बजारमा आज (मंगलबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । चाँदीकाे मूल्य भने घटेकाे छ ।

मंगलबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर प्रतिताेला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने ताेलाकाे १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।