Like us!
Follow us!

अरुण काबेलीको त्रैमासिक विवरण सार्वजनिक, प्रति शेयर आम्दानी रु ७.३२

अरुण काबेलीको त्रैमासिक विवरण सार्वजनिक, प्रति शेयर आम्दानी रु ७.३२

अरुण काबेली हाइड्रोपावर लिमिटेडलर चालु आर्थिक वर्षको त्रैमासिक विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइड्रोपावरले १० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ लाख ५० हजार थियो । गत वर्षको तुलनामा कम्पनीले १० करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।कम्पनीले सो अवधिसम्ममा विद्युत बिक्री गरेर ४० करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य स्रोतमार्फत २ लाख २९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ५३ लाख रुपैयाँले घाटामा रहेको जगेडा कोषमा कम्पनीले यस वर्ष ९ करोड ४२ लाख रुपैयाँ सञ्चय गरेको छ।

त्रैमासिक अवधिमा यस कम्पनिको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १५.८५ गुणा रहेको छ। विश्वव्यापी महामारीको रुपमा फालिएको कोरोनाको प्रतिकुल असरका कारण त्रैमासिक अवधिमा जम्मा १५ दिन मात्र शेयर कारोबार भएको कम्पनीले जनाएको छ । सो अवधिमा कम्पनीको २ लाख २१ हजार ३० शेयर कारोबार भएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।