Like us!
Follow us!

हकप्रद निष्कासन गर्न एचआईडीसीएलले दियो बोर्डमा निवेदन

हकप्रद निष्कासन गर्न एचआईडीसीएलले दियो बोर्डमा निवेदन

लगानी खबर, काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को ढोकामा पुगेको छ । 

कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा ११ अर्ब रुपैयाँबराबरको हकप्रद निष्कासन गर्न गत चैत १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद निष्कासन गर्दैछ। कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

6062e012a3c13.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।