Like us!
Follow us!

टाटा मोटर्सकोे नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा

टाटा मोटर्सकोे नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा

लगानी खबर, काठमाडौं - टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत  पर्ने पाँच वटा नयाँ गाडीहरु राजधानीमा भब्य कार्यक्रम गरी सार्वजनिक गरेको छ ।

यि गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न रहेको कम्पनीले जनाएको छ  । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको पनि कम्पनीले जनाएको छ ।   

उक्त सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने “टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईरहनु भएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् । ”

यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने “ बि. एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं । ” 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।