Like us!
Follow us!

सेयर बजार दोहोरो अंकले घट्दा कति भयो कारोबार ?

सेयर बजार दोहोरो अंकले घट्दा कति भयो कारोबार ?

लगानी खबर, काठमाडौं - साताको पहिलो दिन आइतबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

कूल २११ वटा कम्पनीकाे एक कराेड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ लाख ६६ हजार ४ सय ८० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे मात्र सेयर बढेको छ, भने बाँकी ११ वटा कम्पनीको सेयर घटेको छ । आज हाइड्रो र होटल समूहको मात्र सेयर बढेको हो । 

त्यसैगरी, आज काराेबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले सर्वाधिक कारोबार गरेको छ  । बैंकले ४२ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।
 

आजकाे सेयर तालिका हेर्नुहोस् : 

60449d95cf841.JPG 60449d99ab9c2.JPG 60449d9c493a4.JPG 60449d9ee2401.JPG 60449da2dbc91.JPG 60449da57d49f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।