Like us!
Follow us!

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको नेशनल लाइफको सेयर भर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको नेशनल लाइफको सेयर भर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (फागुन २३ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले फागुन १७ गते, साेमबारबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

मूल्य कति ?

उक्त सेयरकाे न्युनतम मूल्य ४९२ रूपैयाँ ताेकिएकाे छ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।