Like us!
Follow us!

आज देशका यी स्थानमा हिमपात र वर्षाको सम्भावना

आज देशका यी स्थानमा हिमपात र वर्षाको सम्भावना

लगानी खबर, काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज (शुक्रबार) देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, आज राती देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।