Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

लगानी खबर, काठमाडौं - नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी मागरेको छ । बैंकले सहायक केन्द्र तथा प्रदेशगतरुपमा सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि दरखास्त आव्हान गरेको छ । 

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।
दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ । तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ । चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ। फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।
बैंकले निकालेको सूचना हेर्नुहोस् :
 

6041b61876a27.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।