Like us!
Follow us!

शेयर बजारमा माघ महिनामा थपियो १४ कम्पनीको शेयर, कुनको कति कित्ता ?

शेयर बजारमा माघ महिनामा थपियो १४ कम्पनीको शेयर, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ महिनामा १४ वटा कम्पनीकाे शेयर सूचिकृत भएकाे छ । माघ महीनामा धितोपत्र बजारमा २ वटा नयाँ कम्पनी थपिएका छन् । चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड धितोपत्र बजारमा माघ महिनामा थपिएका नयाँ कम्पनी हुन् । यी २ वटा नयाँ कम्पनीसहित माघ महिनामा १४ वटा कम्पनीकाे शेयर थपिएको छ ।

माघ महिनामा नेप्सेमा सूचिकृत भएका शेयर विवरण यस प्रकारकाे छ :

१. एनआइसी एशिया बैंक लिमिटेड = एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर

२. बैंक अफ काठमाण्डू लिमिटेड = एक कराेड ११ लाख १२ हजार ८ सय ९० कित्ता बाेनस शेयर

३. सिटिजन्स बैंक लिमिटेड = ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बाेनस शेयर 

४. फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता बाेनस शेयर 

५. साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड = ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बाेनस शेयर 

६. समृद्धि फाइनान्स कम्पनी लिमिटेड = ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर 

७. सानिमा बैंक लिमिटेड = ८८ लाख १ हजार ३ सय ८० दशमलव ९८ कित्ता बोनस शेयर

८. चिलिमे जलविद्युत कम्पनी लिमिटेड = ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बाेनस शेयर 

९. नेपाल फाइनान्स कम्पनी लिमिटेड = १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर 

१०. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड = ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बाेनस शेयर 

११. चन्द्रागिरी हिल्स लिमिटेड = एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ)

१२. आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बाेनस शेयर 

१३. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे २० करोड कित्ता साधारण शेयर (आइपिओ) 

१४. मितेरी डेभलपमेण्ट बैंक लिमिटेड = १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बाेनस शेयर 

हेर्नुस् तालिका :

60320d880f121.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।