Like us!
Follow us!

सुनको मूल्य ओरालो यात्रामा निरन्तरता, कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य ओरालो यात्रामा निरन्तरता, कतिमा कारोबार हुँदैछ ?

आज (बिहिबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । आज पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको हो ।

हिजो (बुधबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहिबार) तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।