Like us!
Follow us!

बिहीबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बिहीबार) पनि सुनकाे मूल्यमा ओरालाे यात्रा तय गरेकाे छ । 

बिहीबार सुनकाे मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतिताेला ९१ हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ९ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बिहीबार पनि चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।