लगानीखबर काठमाडौं - नबिल बैंक लिमिटेडले विभिन्न साधारण सभाहरूबाट पारित गरिएकाे ५ वर्षभन्दा पुरानाे लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेकाे छ ।
शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले एक महिना भित्र बैंककाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् ।
त्यसैगरी, सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसैले, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।