Like us!
Follow us!

अबको केही दिनमा तीन कम्पनीको आइपिओ बजारमा,लगानी गर्ने कि नगर्ने ?

अबको केही दिनमा तीन कम्पनीको आइपिओ बजारमा,लगानी गर्ने कि नगर्ने ?

लगानीखबर, काठमाडौं–  यही भदौंको पहिलो सातामा तीन कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निकासन गर्ने भएको छ । भदौं ३ गतेदेखि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको र भदौं ४ गतेदेखि  समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आइपिओ निश्कासन हुँदैछ । तीन कम्पनीको ९९ लाख ५० हजार ९३० कित्ता आइपिओ निश्कासन हुँदैछ  ।

कुन कम्पनीको कति कित्ता ?

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता  अर्थात ८६ लाख रुपौयाँको आइपिओ निष्काशन गर्न लागेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  

लिवर्टी ईनर्जी कम्पनी लिमिटेड

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले पहिलो चरणको स्थानीयवासीलाई नविकेको आईपीओ सहित कूल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्तामध्ये लमजुङ्गबासीका लागि अवितरित भएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

यस इन्स्योरेन्स कम्पनीले  प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँको साधारण शेयर निष्काशन  गर्नेछ ।  निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले जनाएको छ । इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।