Like us!
Follow us!

कसुवा खोला हाइड्रोपावरले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

कसुवा खोला हाइड्रोपावरले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

लगानीखबर , काठमाडौं – कसुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण ८ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा श्रावण ३२ गते आइतबार ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडाैंमा बिहानकाे ११ बजेबाट सुरू हुनेछ ।

सभामा कसुवा खोला जलविद्युत आयाेजनाकाे लागि आवश्यक ऋण लिने प्रस्ताव अनुमाेदन गर्ने विशेष प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।