Like us!
Follow us!

छिटो लिनुस् लुम्बिनी विकास बैंकको लाभांश, नत्र जाला लगानीकर्ता संरक्षण कोषमा !

छिटो लिनुस् लुम्बिनी विकास बैंकको लाभांश, नत्र जाला लगानीकर्ता संरक्षण कोषमा !

लगानीखबर काठमाडौं,लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।

बैंकले साविक वीरगञ्ज फाइनान्स लिमिटेड तर्फकाे आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा घाेषणा भएकाे, साविक एच एण्ड वि डेभलपमेण्ट बैंक लिमिटेड तर्फकाे आर्थिक वर्ष २०६७/६८ र साविक लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०५७/५८, आर्थिक वर्ष २०६१/६२ र आर्थिक वर्ष २०६८/६९ मा घाेषणा गरिएकाे लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे ।

शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र बैंककाे केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौँमा सम्पर्क गरी लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । तसर्थ, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :


प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।