Like us!
Follow us!

शेयर बजारमा देखियाे यस्तो माहोल !!

शेयर बजारमा देखियाे यस्तो माहोल !!

लगानीखबर काठमाडौं, आज (बुधबार) शेयर बजार हरियाे भएर बन्द भएकाे छ । सुरूवातदेखि नै केही घट्दै गइरहेकाे बजार अन्त्यमा हरियाे भएर नै बन्द भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.५१ अंकले बढेर एक हजार ४२५.३२ मा पुगेकाे छ । नेप्से ०.११ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर २९७.२९ मा पुगेको छ ।

कूल १८८ वटा कम्पनीकाे ३० लाख ३२ हजार ३११ कित्ता शेयर खरिदबिक्री हुँदा  ९५ करोड १९ लाख ६० हजार २०८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।