Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ऋणपत्र ल्याउन अनुमति, ब्याज कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ऋणपत्र ल्याउन अनुमति, ब्याज कति ?

लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई हिजाे (मंसिर १८ गते, बिहीबार) ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे ।

बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेकाे ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असाेज ५ गते साेमबार निवेदन पेश गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २४ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

5fca1e8bd9e85.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।