Like us!
Follow us!

एनआईसी एशिया बैंकले किन बीचमै रोक्यो २ कम्पनीको लिलामी शेयर ?

एनआईसी एशिया बैंकले किन बीचमै रोक्यो २ कम्पनीको लिलामी शेयर ?

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे मंसिर १४ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे शेयर बीचमै स्थगित गरेकाे छ ।

बैंकले विशेष कारण बताउँदै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि यी २ कम्पनीकाे लिलामी शेयर स्थगित गरिएकाे एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे शेयर मंसिर १४ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९२ हजार ९ सय ९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ३९ हजार ४ सय ७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न खुल्ला गरेकाे थियाे

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fca0ad083023.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।