Like us!
Follow us!

२६.३२% लाभांश पारित गर्न समता लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

२६.३२% लाभांश पारित गर्न समता लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - समता लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

संस्थाकाे आज (मंसिर १९ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाको साताैँ वार्षिक साधारण सभा पुस १४ गते मंगलबार, हाेटल क्लासिक, सिमरा, बारामा बिहान १०:३० बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाकाे भाद्र ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस ५ गतेदेखि पुस १४ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fc9cf3e0c787.jpg 5fc9cf4549fc9.jpg 5fc9cf4ccd3e8.jpg 5fc9cf550bc69.jpg 5fc9cf5cc03b4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।