Like us!
Follow us!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । पछिल्लाे तीन दिन अर्थात मंगलबारबाट लगातार बढ्दै गएकाे सुनकाे मूल्यले शुक्रबार पनि उकालाे यात्रा तय गरेकाे हाे ।

शुक्रबार सुनकाे मूल्य  ताेलामा ३ सय रूपैयाँले बढेर  प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ३ सय रूपैयाँले नै बढेर प्रतिताेला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।