Like us!
Follow us!

बिहीबार एकैदिन तोलाको १६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार एकैदिन तोलाको १६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा आज (बिहीबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

बिहीबार सुनकाे मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेर प्रतिताेला ९२ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक हजार ६ सय रूपैयाँले नै बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलाकाे २० रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।