Like us!
Follow us!

बाजेको सेकुवाको नयाँ शाखा बाफलमा

बाजेको सेकुवाको नयाँ शाखा बाफलमा

लगानी खबर, काठमाडौँ - बाजेको सेकुवाकाे नयाँ शाखा काठमाडौंको बाफलमा सञ्चालनमा आएको छ । सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको बाजेको सेकुवाको यो १३ औं शाखा हो ।

दक्ष युवाहरूलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रूपमा २५ जनाले रोजगारी पाएका छन् ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरू भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यका बाहिर २ ओटा, उपत्यका भित्र ९ वटा र अमेरिकामा २ वटा गरी हाल १३ वटा आउटलेटहरू सञ्चालनमा छन् । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।