Like us!
Follow us!

लगानीकर्ताकाे सम्पत्ती एकैदिन १ खर्बले बढ्याे, अधिकांश बैंकका लगानीकर्ता मालामाल

लगानीकर्ताकाे सम्पत्ती एकैदिन १ खर्बले बढ्याे, अधिकांश बैंकका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौँ - लगातार बढेकाे बजारमा आइतबार एकैदिन शेयर लगानीकर्ताहरूले १ खर्ब ५४ कराेडभन्दा बढी कमाएका छन् ।

बजार पूँजी करणका हिसावले लगानीकर्ताकाे सम्पत्ती १ खर्ब ५४ कराेड ४४ लाख रूपैयाँले बढेकाे छ । गत साता काराेबार भएकाे अन्तिम दिन बिहीबार बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब ४४ कराेड २२ लाख रूपैयाँ थियाे । आइतबार भने अधिकांश कम्पनीकाे सेयर मूल्य बढेसँगै बजार पूँजीकरण २६ खर्ब ३७ अर्ब ४४ कराेेड २२ लाख रूपैयाँ पुगेकाे छ । यस दिन अधिंकाश बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाएका छन् ।

बढेकाे बजारमा केही कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशतभन्दा बढीले सम्पत्ती बढाएका छन् । बजारमा सेन्चुरी कमर्सियल बबैंक नेपाल इन्भेस्टमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, ग्लाेबल आइएमइ बैंक, गरमा विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, एनसिसि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, लुम्विनी विकास बैंक, ज्याेति विकास बैंक र मितेरी विकास बैंकका लगानीकर्ताकाे सम्पत्ती १० प्रतिशतले बढेकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।