Like us!
Follow us!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं – आज (बुधबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

बुधबार सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँले बढेर  प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।