Like us!
Follow us!

मंगलबार एकैदिन तोलाको ३ हजार ४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार एकैदिन तोलाको ३ हजार ४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा आज (मंगलबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार सुनकाे मूल्यमा भारी गिरावट  आएकाे छ ।

मंगलबार सुनकाे मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेर प्रतिताेला ९४ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ३ हजार ४ सय रूपैयाँले नै घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे ६० रुपैयाँले घटेर प्रतिताेला १ हजार २ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।