Like us!
Follow us!

विवाहको लगन नजिकिँदै जाँदा झन्-झन् बढ्दै सुनको भाउ !

विवाहको लगन नजिकिँदै जाँदा झन्-झन् बढ्दै सुनको भाउ !

लगानी खबर, काठमाडौं – नेपाली बजारमा केही दिनबाट लगातार बढ्दै गइरहेकाे सुनकाे मूल्यले आज (साेमबार) पनि उकालाे यात्रा तय गरेकाे छ । 

साेमबार सुनकाे मूल्य  ताेलामा ५ सय रूपैयाँले बढेर  प्रतितोला ९८ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रूपैयाँले नै बढेर प्रतिताेला ९७ हजार ७ सय रुपैयाँ पुगेको छ । 

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ८५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।